Rule 35
सरुवा गर्ने अधिकार
: (१) सशस्त्र प्रहरी कर्मचारीलाई सरुवा गर्ने अधिकार देहायका अधिकारीलाई
हुनेछ :–
(क)   सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकलाई नेपाल सरकार,
(ख)   सशस्त्र प्रहरी नायब महानिरीक्षक र सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकलाई गृहमन्त्री,
(ग)   सशस्त्र प्रहरी निरीक्षकदेखि सशस्त्र प्रहरी उपरीक्षकसम्मलाई सशस्त्र प्रहरी महानिरीक्षक,
(घ)   सशस्त्र प्रहरी परिचर देखि सशस्त्र प्रहरी वरिष्ठ नायब निरिक्षकसम्मलाई प्रहरी प्रधान कार्यालयको सशस्त्र प्रहरी नायब महानिरीक्षक वा सो भन्दा माथिल्लो दर्जाको अधिकृत,
(ङ)   खण्ड (घ) मा जुनसुकै कुरा लेखिएको भए तापनि आफ्नो क्षेत्रभित्र सशस्त्र प्रहरी परिचरदेखि सशस्त्र प्रहरी सहायक निरीक्षकसम्मका सशस्त्र प्रहरी कर्मचारीलाई सम्बन्धित क्षेत्रको सशस्त्र प्रहरी नायब महानिरीक्षक ।
      (२) उपनियम (१) को खण्ड (ङ) बमोजिम सरुवा गर्दा प्रधान कार्यालयको स्वीकृत लिएर मात्र गर्नु पर्नेछ ।